January 9, 2025
काठमाण्डू, माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको ब्यापार बढ्न थालेको छ ।
काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ।
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालिमाटीस्थित थोक तरकारी बजारमा अहिले तरुल किन्नेको भिड देख्न सकिन्छ ।
विशेषतस् माघे सङ्क्रान्तिमा खाइने यो कन्दमुलको यो चाडमा माग हुने गर्दछ ।
व्यापारीकाअनुसार अहिले कालिमाटीमा देशका विभिन्न क्षेत्रबाट करिब एक लाख टनभन्दा बढी तरुल भित्रिएका छन् ।
विशेषगरी तराईका सर्लाही, नवलपरासी लगायत र पहाडी जिल्ला नुवाकोट, सिन्धुलीबाट काठमाडौंमा तरुल भित्रने गर्दछन् ।
अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा वन तरुल प्रति ढाक ४५० रुपैयाँ, सिमल तरुल २५०, नीलो तरुल ४००, सखरखण्ड ४००, आकासे तरुल ५०० र घर तरुल ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरू तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ। यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ।
प्रकाशित मिति:January 9, 2025