January 13, 2025
काठमाण्डू, गत जनवरी ७ मा चीनको तिब्बत केन्द्र बिन्दू भएर गएको शक्तिशाली भुकम्पमा परेर ज्यान गुमाएका तथा पीडित परिवारलाई ल्हासा स्थित नेपाली महावाणिज्य दूतावासले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
दूतावासको सअजीकरणमा नेपाली दुख निवारण कल्याण कोष मार्फत ल्हासामा बसोवास गर्ने नेपालीले संकलन गरेको १,९८,०५७ आर एम वी (नेपाली रुपैंया करिव ३७ लाख १७ हजार ५ सय ३०) रेडक्रस मार्फत हस्तान्तरण गरिएको छ ।
महावाणिज्यदूतावासको रोहवरमा कोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोडलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम लिंदै लियोले बाणिज्य दूतावास र नेपाली समूदाय प्रति आभार प्रकट गरे ।
साे कुरा महाबणिज्यदुत लक्ष्मिप्रसाद निरौलाकाे सचिवालयले सम्पत्ति न्युजलाइ जानकारी गराएको छ।
प्रकाशित मिति:January 13, 2025