एजेन्सी, अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ।
त्यहाँको मेडिकल एक्जामिनरको कार्यालयले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।
आगलागीले इटनमा ११ जना र प्यालिसेड्समा ५ जनाको मृत्यु भएको हो। अधिकारीहरूले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्।
पालिसेड्समा लागेको आगलागीले लगभग २१ हजार एकड क्षेत्रफललाई असर गरेको छ। अहिलेसम्म अग्निनियन्त्रकहरूले त्यहाँ लगभग ८ प्रतिशत आगो नियन्त्रणमा लिएका छन्।
आगलागीबाट इटन दोस्रो सबैभन्दा बढी प्रभावित क्षेत्र हो। जहाँ आगलागीबाट करिब १४ हजार एकड क्षेत्रफल नष्ट भएको छ।
लस एन्जलसका आगलागी भएका क्षेत्रमा पालिसेड्स, इटन, हर्स्ट, लिडिया, आर्चर र केनेथ पर्छन्।