प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छः प्रचण्ड

Nepal Cover
५ माघ २०८१, शनिबार
image

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकार रहिराख्ने नैतिक अधार गुमेको टिप्पणी गरेका छन्।

शुक्रबार बसेको विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु उचित हुने बताएका हुन्।

प्रधानमन्त्री आफैले अब संविधान संशोधन २०८७ मा मात्रै हुन्छ भनिसकेपछि सरकारमा बसिरहने अधिकार गुमाएको उनको भनाइ थियो।

‘संविधान संशोधन त अझ प्रधानमन्त्री आफैले २०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन र इत्यादीका बारे भनिएका कुराहरु पनि ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमाले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामी अब सरकार खोजेको भन्ने अर्थ लाग्दैन,’

उनले भने,’सरकारले त्यो नैतिक अधिकार गुमाएको छ। नैतिकताको आधारमा भन्ने नै हो भने सरकारले राजीनामा दिनु उचित हुन्छ। यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्ने लाग्दैन।’