January 19, 2025
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ८ सयले घटेर तोलाको १ लाख ५७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार १ हजार ३ सय बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेको थियो । बिहीबार १ हजार २ सयले बढेर १ लाख ५६ हजार ६सय र बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । आयतबार चाँदी ३० ले घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार १० ले बढेर १ हजार ८ सय ९० तथा बिहीबार ५० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति:January 19, 2025