काठमाडौं ।नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ।
आइतबार प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको हो ।