एमाले सचिवालय बैठक आज बस्दै

Nepal Cover
८ माघ २०८१, मंगलवार
image

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज अपराह्न ४ बजे बस्नेछ । 

बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ।

यसअघि दुई पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले जनाइसकेका छन्। सम्भवतः उनलाई सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्न सक्छ।