सन्दीप लामिछानेमाथि क्यानकाे कारबाही,एक खेल खेल्न नपाउने

Nepal Cover
८ माघ २०८१, मंगलवार
image

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लगाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई कारवाही गरेकाे छ । उनलाई क्यानले एक खेलका लागि निलम्बन गरेकाे छ । 

गत साता सम्पन्न भएकाे जय ट्रफी एलिट कपमा लामिछानेले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही स्टाटसपछि उनलाई अनुशासनको कारवाही गरिएको हो।

उक्त खेलमा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको हो । यसका साथै, क्यानले उनलाई स्पष्टीकरण समेत सोधेको छ ।

सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गरेर रेफ्रीको निर्णयमा आपत्ति जनाएका थिए।