January 22, 2025
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । ७ माघमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गरिएको छ।
उक्त बैठकले सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णयहरू गरेको छ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय पनि गरिएको छ।
यसबाहेक, जग्गा प्राप्ति र अचल सम्पत्ति अधिग्रहणसम्बन्धी व्यवस्थाका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरिएको छ।
हेर्नुहोस् निर्णयहरु:
प्रकाशित मिति:January 22, 2025