आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका हिमपातको सम्भावना

  Sampatti News

January 26, 2025

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको रहेको छ । जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । राति भने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रकाशित मिति:January 26, 2025