January 26, 2025
काठमाडौं । नेपाल प्रहरीका तत्कालीन इन्स्पेक्टर (प्रहरी निरीक्षक) लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर हुने फैसला गरेको हो ।
०५५ साल भदौ १ गते असई (प्रहरी सहायक निरीक्षक) पदमा नियुक्ति लिएका विष्ट सोही प्रमाणपत्रका आधारमा इन्स्पेक्टरसम्म भएका थिए । विष्टलाई चार हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
प्रकाशित मिति:January 26, 2025
January 28, 2025