January 26, 2025
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ ।
आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । आइतबार नौ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको एक करोड ५७ लाख २० हजार ३६७ वटा शेयर किनबेच भएका छन् । ९८ हजार ८१३ वटा कारोबार भएको छ । कारोबारमा आएकामध्ये ११६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ वटा घटेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरैले ४.७४ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ्ग समूहको ०.८९, होटल समूहको ०.२७, लगानी समूहको ०ं.५०, जीवन बीमा समूहको ०.६१, उत्पादन समूहको १.६६, निर्जीवन बीमा समूहको ०.६७ तथा व्यापार समूहको ०.७५ प्रतिशतले घटेको छ । तर, विकास बैंक समूहको परिसूचक ०.५१, जलविद्युतको ०.५४, लघुवित्तको ०.५७ र अन्य समूहको परिसूचक ०.०३ प्रतिशतले बढेको छ ।
सो दिन परिसूचक घट्दा पनि उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन् । उपकार लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । मिथिला मैलुन खोला जलविद्युतको शेयर पनि १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८ प्रतिशत, आरम्भ चौतरी लघुवित्तको ९.६८, सिकलेस हाइड्रोपावरको ८.६०, सामुदायिक लघुवित्तीय वित्त संस्था, दोर्दी खोला ६.५५, अपर सोलुको ६.४७ र पाँचथर पावर कम्पनीको ६.३७ प्रतिशतले बढेको छ ।
तर, बोटलर्स नेपाल, एनआईसी एशिया डिवेन्चर, डाल्टी पावर कम्पनी र जानकी फाइनान्सको सबैभन्दा बढी १०÷१० प्रतिशतले शेयर मूल्य घटेको छ ।
प्रकाशित मिति:January 26, 2025
January 28, 2025