January 27, 2025
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रमुख पाँच राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दैछन् । संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ ।
सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको हो ।
क्यालेन्डर निर्माणको तयारीका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल पनि गरेका थिए ।
संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।
त्यसपछि अर्को बैठक २२ गते बस्नेछ । सो दिनको बैठकमा पहिलो दिन पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । माघ २३ र २४ गते पनि संसद् बैठक तय भएको छ । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ । त्यसपछि माघ २८, २९ र ३० संसद् बैठक बस्नेछ ।
प्रकाशित मिति:January 27, 2025
January 28, 2025