सरकार असफल भएको राप्रपाको निष्कर्ष

Nepal Cover
१४ माघ २०८१, सोमबार
image

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कांग्रेस–एमालेको वर्तमान सरकारको अपरिपक्वता र असन्तुलनले देश ढिलोचाँडो भूराजनीतिक चक्रव्यूहमा फस्नसक्ने खरता टड्कारो देखिएको आरोप लगाएको छ ।

राप्रपाले संसदका दुई ठूला दल नै आफ्ना उद्देश्यबाट च्यूत भएको आरोप लगाएको छ । पार्टीको यही माघ ११, १२ र १३ गते तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

राप्रपाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त भएको दाबी गरेको छ ।

राप्रपाले कांग्रेस र एमाले बहुदलीय व्यवस्थाको मूल्य, मान्यता, सिद्धान्त, प्रचलित अभ्यास र मर्मविपरित बहुदलीय व्यवस्था मासेर दुईदलीय सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको संकेत देखिरहेको पनि निष्कर्ष निकालेको छ । संसदलाई छलेर अध्यादेश ल्याइनु दुइदलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रुपमा रहेको पनि राप्रपाको आरोप छ ।

राप्रपाले अहिले वैदेशिक सम्बन्ध सञ्चालनमा अपरिपक्वता र असन्तुलन देखिएको आरोप लगाएको छ ।