नेप्से १०.६१ अंकले घट्यो, फाइनान्समा फर्कियो आकर्षण

  Sampatti News

January 27, 2025

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १०.६१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ३३.३२ विन्दुमा उक्लेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको छ ।

नेप्से घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९२ करोडको भयो ।

यस दिन न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५८ रुपैयाँ ५० पैसा बढेर ६४३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २९ करोड ८३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब साढे २८ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २७ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:January 27, 2025