काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज एक तोला छापावाल सुनको मूल्य रु एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार १०० मा कारोबार भएको थियो।
यसैगरी, सोमबार रु एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु १५ ले घटेर रु एक हजार ८३५मा कारोबार भइरहेको महासङ्ले जनाएको छ।