January 29, 2025
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा भागदौड मच्चिदा सयौँ घाइते भएका छन् । दर्जन बढिको मृत्यु भएको आशंका गरिएको छ । बुधवार बिहान करिब १ः३० बजे भएको भागदौड मच्चिएको थियो । प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन ।
बुधवार मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो ।
प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन् । अहिले घाइतेहरू उद्धार तथा उपचार भइरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । एजेन्सी ।
प्रकाशित मिति:January 29, 2025