प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

  Sampatti News Online

February 2, 2025

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

शाहले ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ लेखेर अपमान गरेको भन्दै बौधिमाई नगरप्रमुख प्रदिप कुमार यादवले शुक्रबार मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाउपर परेको अदालतको अपहेलना मुद्वाको आईतवार सुनुवाई हुने भएको छ ।  

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आईडीबाट  ‘रौतहटका न्यायाधीश नेताका झोले कार्यकर्ता’ अदालतविरुद्ध टिप्पणी गरेका थिए । 

साहसहित आजपा महासचिव त्रिभुवन साहलाई पनि विपक्षी बनाइएको छ । महासचिव साहले अदालत परिसरमै ज्यान मार्ने धम्की दिएको आरोप नगरप्रमुख यादवको छ ।

नगरप्रमुख यादवमाथि सर्वदलीय सर्वपक्षीय सहमतिमा नगरपालिकाले बाटो खाली गराउने क्रममा आफूमाथि एक्कासी हमला गरी कुटपिट अभद्र व्यवहार तथा गालीगलौज भएको थियो । उक्त व्यवहार गर्ने गंगाराम बैठाविरुद्ध मेयर यादवले उजुरी दिएका थिए । अदालतले बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएपछि सांसद साहले अदालतविरुद्ध टिप्पणी गरेका थिए ।

प्रकाशित मिति:February 2, 2025