यस्तो छ आजको दिनभरको मौसम

Nepal Cover
२२ माघ २०८१, मंगलवार
image

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तीन प्रदेशको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको हो । अन्य स्थान भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ । त्यस्तै तराई क्षेत्रमा भने हुस्सु लागेको अवस्था रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  लुम्बिनी प्रदेश र  गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत  गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु /कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।