February 5, 2025
काठमाडौँ । महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज पाँचौँ खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपरान्ह्र सवा १२ बजेदेखि खेल सुरु हुनेछ। नेपाल जारी सिरिजमा चार खेल खेल्दा चारैमा पराजित भएको छ । नेदरल्याण्ड्ससँगको खेल बुधबार दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
मंगलबार (हिजो) भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो। यससँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ। त्यसअघि नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो।
पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो। नेपालले सिरिजको अन्तिम खेल शुक्रबार थाइल्यान्डसँग खेल्दैछ।
प्रकाशित मिति:February 5, 2025
March 14, 2025
March 14, 2025