बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

Nepal Cover
२ फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् ।

उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।