सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

Nepal Cover
५ फाल्गुन २०८१, सोमबार
image

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि आइतबार छापावाल सुनको मूल्य २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको भाउ प्रतितोला १९ सय ५५ रुपैयाँ कायम रहेको थियो ।