१७ महिना तोप हाने पनि सरकार ढल्दैन : प्रधानमन्त्री ओली

Nepal Cover
५ फाल्गुन २०८१, सोमबार
image

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै उनले दुई तिहाइको बलियो सरकार भएकाले केही गरे पनि नढल्ने दाबी गरेका हुन् । पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण हस्तान्तरण गर्ने बताए ।

‘केही पार्टीले सरकार ढल्ने हल्ला चलाइराखेका छन् उनले भने,‘अब महिना पनि बाँकी छैन, त्यसपछि शेरबहादुरजीलाई दिने हो, कसैले हल्ला गर्नुपर्दैन । म छिटो फलफूल पकाउने औषधि राखेर पकाएजस्तै पकाउनुपर्ने मान्छे होइन, १७ महिना तोप हाने पनि सरकार ढल्दैन, त्यसपछि केही बल गर्न पर्दैन, मैले राजीनामा दिन्छु शेरबहादुरजीलाई हस्तान्तरण गर्छु, कांग्रेस एमालेबीच कुनै आशंका छैन, स्थिरता दिन दुई तिहाइ नजिकको सरकार छ ।’

ओलीले अहिले हल्ला चलाएजस्तै आफू कसैको पाटी फुटाउन र जुटाउन नलागेको बताउँदै भने, ‘कतिपयले हल्ला गरेका पार्टी फुटाउँदै छन् भनेर तर त्यो कल्पना बाहिरको कुरा हो । हामीलाई त्यो फुर्सद छैन हामी पाटी फुटाउने होइन देश बनाउन हिँडेका हौँ, सरकार ढल्छ भनेर हल्ला अनावश्यक गरिएको छ, यो हल्ला चलाएर अस्थिरता बढाउनेको भद्दा मजाक हो ।

अब युवाहरू यही बसेर देश बनाउनुपर्छ अरूको देश बनाएर केही हुँदैन, आफ्नो देश बनाउने हो, पुर्खाले बनाएको इतिहास नयाँ पिँढीलाई बताऔँ ।’