काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ। आज सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि सदनले स्वीकृत गरेको हो।
विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने छन् । अहिले सांसदहरूले विधेयकमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । अहिलेसम्म सांसद श्यामकुमार घिमिरे, योगेश भट्टराई, चन्दा कार्की, विराजभक्त श्रेष्ठ, रामहरि खतिवडालगायतले आफ्नो धारणा राखिसकेका छन् ।
आइतबार गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए। तर गणपूरक संख्या नभएकाले निर्णयार्थ पेस हुन सकेन ।