कुम्भबाट फर्किँदै गरेको कार दुर्घटना, तीन नेपालीको मृत्यु

Nepal Cover
५ फाल्गुन २०८१, सोमबार
image

काठमाडौँ । भारतमा जारी कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेर तीन नेपालीको मृत्यु भएको छ।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ भने चालकसहित पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका–९ का ४५ वर्षीय गणेश खनाल उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया शर्मा रहेका छन्।

त्यस्तै दुर्घटनामा कार चालक २१ वर्षीय ऋतिक दुबे, ३५ वर्षीया कोपिला देवकला देवी, २५ वर्षीय अविशंकर र २२ वर्षीय शुभम पोखरेल घाइते भएका छन्। आजमगढ अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि गोरखपुर पठाइएको बताइएको छ।

कुम्भ स्नान गरेर प्रयागराजबाट फर्किँदै गरेको कारका चालक निदाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।