बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Nepal Cover
६ फाल्गुन २०८१, मंगलवार
image

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ७ सय रुपैयाँ बढेको छ।  आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ६९ हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा भएको थियो।