सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
८ फाल्गुन २०८१, बिहीबार
image

काठमाडौँ ।  नेपाली बजारमा सुन चाँदीको मूल्य बिहिबार पनि बढेको छ ।

नेपालका सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।