एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

  Sampatti News Online

February 21, 2025

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । 

बिहीबार बस्ने भनिएको बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ । 

बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ । यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन  केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने बताइएको छ । 

प्रकाशित मिति:February 21, 2025