February 21, 2025
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ १ लाख ७० हजार कायम भएको छ ।
बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य आज १ हजार ९९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ९९५ रुपैयाँमा कारोवार भइरहेको थियो ।
प्रकाशित मिति:February 21, 2025
March 14, 2025
March 14, 2025