काठमाडौँ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी अनुदान स्थगित गरेपछि विश्वभर तरंग फैलिएको छ। त्यसको बाछिटाले नेपाल जस्ता विदेशी अनुदानमा परनिर्भर देशमाथि ठूलो प्रभाव छोडेको छ।
संघीयताको नाममा २० मिलियन डलर फ्रड र भ्रष्टाचार भएको ट्रम्पले टिप्पणी गरेपछि नेपालमाथि झन ठूलो झटका लागेको हो।ट्रम्पले सार्वजनिक गरेका तथ्यहरूले नेपालको स्वाभिमान र स्वाधीनतामाथि गम्भीर ठेस लागेको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
मेयर साहले शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्,’मलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन्।’
उनले लेखेका छन् – ‘प्यारो प्रधानमन्त्री ज्यु,अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस् ।’
प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ।