निजामति सेवा विधेयकमा जुटेन सहमति, छलफल गर्न सांसद बडूको संयोजकत्वमा उपसमिति गठन 

Nepal Cover
९ फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौं। प्रतिनिधिसभा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामति सेवा विधेयकमाथि छलफलका लागि उपसमिति गठन गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले उप सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति रामहरी खतिवडाको प्रस्तावमा उपसमिति गठन गरिएको हो।

समितिमा छलफलका क्रममा सहमति नजुटेका दफाहरुको अध्ययन गरी उपसमितिले समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

उपसमिति सदस्यहरूमा सांसदहरू अशोक राई, ईश्वरी देवी न्यौपाने, चन्दा कार्की भण्डारी, दिलेन्द्र बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन्। उक्त उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न समयसीमा दिइएको बताइएको छ ।