एजेन्सी। प्यालेस्टिनी विद्रोही समूह हमासले शनिबार थप ६ जना बन्धकलाई रिहा गर्ने भएको छ । रिहा हुनेहरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद छन्।
यसको साटोमा इजरायलले एकैपटक ६०२ प्यालेष्टिनी बन्दीलाई रिहा गर्ने अल जजिराले जनाएको छ। यसमध्ये आजीवन कारावासको सजाय पाएका र लामो जेल सजाय भोगिरहेका अन्य पनि रहेका छन्।
यस्तै अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका ४४५ जना प्यालेष्टिनी रिहा हुन लागेका हुन्। युद्धविराम सम्झौताअन्तर्गत इजरायलले अहिलेसम्म एक हजार १३५ प्यालेष्टिनी कैदीलाई रिहा गरिसकेको छ।