काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत् अवरुद्ध हुने

Nepal Cover
१० फाल्गुन २०८१, शनिबार
image

काठमाडौँ । काठमाडौँको सतुंगल क्षेत्रमा शनिबार पाँच घन्टा विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो। 

उक्त फिडर अन्तर्गत पर्ने कन्चन गेट, बेसी गाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा विद्युत् लाइन काटिने प्राधिकरणले जनाएको छ।

निर्धारित काम तोकिएको समय अगाडि नै सम्पन्न भए त्यसअगाडि नै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।