February 25, 2025
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ७ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६५ हजार ५०८ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा १५.६६ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट ४ लाख २ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ जना र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
प्रकाशित मिति:February 25, 2025
March 14, 2025
March 14, 2025