प्रधानमन्त्री ओलीको विरोध गरेको आरोपमा ४ जना पक्राउ

  Sampatti News Online

February 25, 2025

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार काठमाडौंको जोरपाटीस्थित उनी त्यहाँ पुग्दा विरोध गर्ने देखिएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार राजु सुनुवार, किरण केसी, मोहन श्रेष्ठ र राजेश दाहाललाई नियन्त्रणमा लिइएको छ । एसपी बोहराले भने, ‘प्रधानमन्त्रीज्यू सहभागी हुने कार्यक्रम बिथोल्ने गरी उनीहरूले सामाजिक सञ्जालमा आह्वान गरेका थिए । त्यसैले उनीहरूलाई नियन्त्रणमा लिएका हौँ ।’

चारै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरिसकेका छन् । कार्यक्रम भने चलिरहेकाले उनीहरूलाई नछाडिएको प्रहरीको भनाइ छ । कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् ।

प्रकाशित मिति:February 25, 2025