बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमाले र कांग्रेसको ह्विप

  Sampatti News Online

March 4, 2025

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । सरकारले पाँच अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाद्वारा जारी सन्देशमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको एक सांसदले बताए।

यसअघि, सरकारद्वारा जारी ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम अभावका कारण पेस हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँगको छलफलपछि बुधबारको बैठकमा भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश पेस गरिने तयारी छ।

सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ, ‘माननीय सदस्यहरू, भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गरिने भएकाले अनिवार्य उपस्थित हुन अनुरोध छ।’

‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो व्हिप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति:March 4, 2025