अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका नेपालीहरु फिर्ता

Nepal Cover
२१ फाल्गुन २०८१, बुधबार
image

काठमाडौं । अमेरिकाले अवैध रुपमा बसेका आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । अमेरिकाबाट उडेको एक विशेष चार्टर जहाज बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सो जहाजमा चालक दलका सदस्यहरू सहित १४ जना नेपाली नागरिकहरू सवार थिए।

यसबारे विस्तृतमा जानकारी आइसकेको छैन। डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएकाहरू विभिन्न देशका मानिसहरूलाई निस्कासन गर्दै आएको छ।

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका नेपाली नागरिकहरूलाई फिर्ता पठाउने निर्णय हालको अमेरिकी नीतिअनुसार गरिएको बताइएको छ। डोनाल्ड ट्रम्प प्रशासनकालदेखि नै अमेरिकाले अवैध आप्रवासीहरूको पहिचान गरी विभिन्न देशहरूमा उनीहरूलाई फिर्ता पठाउने नीति लागू गरिरहेको छ। हाल अमेरिकी आप्रवासन नीति अन्तर्गत यस प्रक्रियालाई निरन्तरता दिइरहेको देखिन्छ।

ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ ।