काठमाडौं महानगरले गुरागाईलाई हाजिर नगराउने मेयर बालेनको अडान

  Sampatti News Online

March 6, 2025

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियो ।

महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुरागाईलाई कार्यालयमा हाजिर भइ कार्यसम्पादनका लागि सहजीकरण गरिदिन सामान्य प्रशासन मन्त्रालयले लेखेको पत्रको जवाफमा महानगरपालिकाले उनलाई हाजिर भइ काम गर्न दिन नसकिने व्यहोराको पत्र मन्त्रालयमा पठाएको छ ।

गुरागाईले आफूले महानगरमा हाजिर भइ काम गर्न नपाएकोले यस सम्बन्धमा सहजीकरण गरिदिन भन्दै मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयले महानगरमा पत्राचार गरेको थियो । मन्त्रालयले ‘मन्त्रीस्तरीय निर्णय’ भन्दै उनलाई हाजिर हुन दिन गरेको आग्रहलाई महानगरले ‘प्रमुखस्तरीय निर्णय’ गर्दै अस्वीकार गरेको हो ।

पत्रमा साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएका छन् ।

‘यस्ता परियोजना सञ्चालन व्यवस्थापन गर्ने विषयमा निर्णय गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा (२) (छ) र दफा ९७ तथा काठमाडौँ महानगरपालिका नगर सभाबाट स्वीकृत भएको साझेदारी तथा लगानी ऐन, २०७९ को दफा १७ बमोजिम गठित साझेदारी बोर्ड र नगर कार्यपालिकाको क्षेत्राधिकारको विषय हो’, पत्रमा भनिएको छ ।  

प्रकाशित मिति:March 6, 2025