March 9, 2025
काठमाडौं । सान इन्टरनेसनल कलेजले चन्द्रागिरि नगरपालिका–१४ स्थित नैकापमा आफ्नो स्थापना दिवसको २५ औं वार्षिकोत्सव मनाएको छ ।
सान कलेजको प्राङ्गणमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पानसमा बत्ति बालेर उट्घाटन गरेका थिए । वार्षिक उत्सव कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, स्कुल, क्याम्पसका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।
आज सम्पन्न वार्षिकोत्सव कार्यक्रममा क्याम्पसका कार्यकारी निर्देशक कर्ण बहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए भने, दुर्गा तामाङ, अनुष्का चौधरी, एञ्जेल गमालले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई नगरप्रमुख घनश्याम गिरी, चन्द्रागिरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुजनराज खनाल लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बायोटेक, बीबीएका विद्यार्थीहरोइलाई विदाई तथा कक्षा ११, बीबीए, ल, सीएसआईटी, एमबीएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो । त्यस्तै, क्याम्पसका विद्यार्थीहरूद्वारा गीत, कविता, विविध साँस्कृतिक नृत्य र नाटक समेत प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पसका अध्यक्ष सुवास घिमिरेले २५ औं वर्षको शैक्षिक यात्रामा सान ईन्टरनेशनल कलेजलाई विश्वास र साथ दिने सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रकाशित मिति:March 9, 2025
March 14, 2025
March 14, 2025