March 9, 2025
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा प्रदर्शन हुँदैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको शक्ति प्रदर्शन हुन लागेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी संगठनहरूले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने अवसर पारेर काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन्। दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ ।
सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । ‘साविकको भन्दा धेरैं १२-१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले भने, ‘सोही अनुपातमा अन्य सुरक्षा फोर्स पनि खटाइने तयारी छ।’
राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल कांग्रेस र एमालेले पनि आन्तरिक छलफल तीव्र बनाएका छन्।
उनीहरूले राजावादीहरूको गतिविधिलाई कसरी निस्तेज पार्न सकिन्छ र सरकारको भूमिका कस्तो बनाउने भन्ने विषयमा बालुवाटारकेन्द्रित छलफल गरिरहेका छन्।
विभिन्न राजा बदी समूह तथा हिन्दूवादी समूहले आज पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम गर्दैछन्। स्वागत कार्यक्रममा केही प्रमुख नेताहरू भने एयरोर्टमा जाने तर धेरै जनता हुने भएकोले एयरपोर्ट बाहिरको मुख्य गेट बाहिर लामबद्ध रहने ज्ञानेन्द्र शाहीले जानकारी दिए।
उनले भने, ‘एयरपोर्टबाट उहाँ बाहिरिएपछि गौशाला, चावहिल, महाराजगञ्ज हुँदै निर्मल निवाससम्म र्याली जानेछ।’ सरकारको १० हजार अनुमान भए पनि आज राजाको स्वागतमा सरकारको अनुमान भन्दा बढी हुने उनले बताए।
प्रकाशित मिति:March 9, 2025
March 14, 2025
March 14, 2025