जीप दुर्घटना हुँदा एककाे मृत्यु, तीन जना घाइते

Nepal Cover
२५ फाल्गुन २०८१, आईतवार
image

कैलाली । दिपायलबाट कैलालीको धनगढी आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन गम्भिर घाईते भएका छन ।

शनिबार राति कैलालीको चुरे गाउँपालिका- ५ निङलाडीस्थित भीमदत्त राजमार्गमा सुपप्र ०१-००१ ज १५२२ नम्बरको जीप आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त दुर्घटनामा चालक डोटीको सायल गाउँपालिका- ४ भाङयारेका २२ वर्षीय शंकर बोगटी घाइते भएका हुन्। घाइते बोगटीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ। उक्त जिपमा सवार अन्य तीन जना भने घाइते भएका छन्।

घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका- १ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका- ६ बस्ने १६वर्षीया कविता साउद रहेका छन्।

घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।