March 9, 2025
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो अपराह्न ३ बजे बस्ने भएको हो ।
राजावादीहरूको चलखेल बढेको भन्दै तराई–मधेश जागरण अभियान स्थगित गरेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । आज दिउँसो काठमाडाैंमा बस्ने पदाधिकारी बैठकका लागि उपत्यका बाहिर रहेका माओवादीका शीर्ष नेताहरू काठमाडाैं फर्किँदै छन् ।
बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिए । उनले प्रचार गरिएजस्तो पूर्वराजाको सक्रियता बढेकाले अभियान स्थगित नगरिएको बताए ।
करिब १ महिना पोखरा बसाई सकेर आज ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदैछन् । उनको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतले शक्ति प्रदर्शन गर्दैछ ।
प्रकाशित मिति:March 9, 2025