सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

  Sampatti News Online

March 10, 2025

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ।

आइतबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला एक सय रूपैयाँ नै बढेको हो।

आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति:March 10, 2025