राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

  Sampatti News Online

March 10, 2025

काठमाडौं । काठमाडौं महानगरले तोकेको जरिवाना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुझाएको छ । राप्रपाले आज  महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको हो । 

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएको हो ।

महानगरले आइतबार पत्र पठाउँदै ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आइल्यान्ड र सोमा रहेका बिरुवा साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकामा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको’ उल्लेख गरेको थियो ।

प्रकाशित मिति:March 10, 2025