वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

Nepal Cover
२७ फाल्गुन २०८१, मंगलवार
image

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नियुक्ति दिइएकाे हाे ।

वीर अस्पतालको निर्देशकका लागि न्याम्सले तीन जनाको  नाम सिफारिस गरेका थिए । न्याम्सका उपकुलपति डा.भूपेन्द्र बस्नेतले डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सहकुलपति स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल समक्ष आइतबार नाम सिफारिस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।

डा. शर्माले मन्त्रालयबाट नियुक्ति पत्र लिन बाेलाएकाे जानकारी दिए ।

वीरको निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।