March 12, 2025
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी १० वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
ती कम्पनीहरूलाई डेढ वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।
हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको विवरण-
प्रकाशित मिति:March 12, 2025