March 14, 2025
काठमाडौँ । समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक केहीबेर अघि सुरु भएको हो ।
नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । मोर्चाको आगामी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।
मोर्चाले चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शनसहितको सभा गर्ने यसअघि नै निर्णय गरिसकेको छ । मोर्चाले १५ गते गणतन्त्रको पक्ष र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति:March 14, 2025