March 14, 2025
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको महासङ्घले जनाएको छ ।
बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन । आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति:March 14, 2025
March 14, 2025
March 14, 2025