March 14, 2025
काठमाडौं । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो ।
हङकङले दिएको १०५ को लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । कप्तान इन्दु बर्माले १८ रन बनाइन् । उनले पहिलो विकेटका लागि सम्झना खड्कासँग ५३ रनको अर्धशतकीय पारी खेलिन् । पूजा महतोले अविजित २० रनको पारी खेलिन् । उनीसँगै अलिसा कुमारी यादव ५ रनमा अविजित रहिन्।
हङकङका लागि माहिके दिप र लाईले समान १–१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको हङकङका लागि ओपनर सान्जिन सहजादले सर्वाधिक ५४ रन बनाइन्। चान का इनले २९ बलमा १६, यास्मीन दास्वानीले १४ रन बनाइन् । नेपालका लागि राजमती ऐरीले सर्वाधिक ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले २ विकेट लिइन् । पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिइन् ।
प्रकाशित मिति:March 14, 2025
March 14, 2025
March 14, 2025