बालुवाटारमा सत्तारूढ दलहरूको बैठक सुरु

Nepal Cover
११ चैत्र २०८१, मंगलवार
image

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरूको बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकसहित सत्तामा रहेका दलका शीर्ष नेताहरुलगायत जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन्।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले एकाएक बर्खास्त गरेपछि यतिबेला नेपाली राजनीतिक वृत्त गर्माएको छ । जनबोलीमा उज्यालो नेपालको सारथी मानिएका कुलमानलाई कार्यकाल समाप्त हुनु केही महिना अगावै हटाउने सरकारको निर्णयको सत्ताबाहिर मात्र नभई सत्ता भित्रैबाट चर्को आलोचना भइरहेको छ ।